दफा ७२
न्यूनतम खर्च फुकुवा गर्ने
(१) ऐनको दफा २९ङ..वाः २९च. बमोजिमको सूचीमा नाम समोवश भएको व्यक्तिको -सम्पूर्ण सम्पत्ति वा कोष रोक्का हुन पुगेमा निजले आफ्नो र आफ्नो परिवारको आधारभूत मानवोचित भरणपोषण गर्न आवश्यक पर्ने मनासिब माफिकको खर्चको लागि गृह मन्त्रालय समक्ष अनुसूची-८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम परेको निवेदन उपर गृह मन्त्रालयले आवश्यक जाँचबुझ ; गर्दा भरणपोषणको लागि निवेदकको अन्य कुनै आयस्रोत भएको नदेखिएमा देहाय बमोजिमको कार्यको लागि खर्च गर्न रोक्का सम्पत्ति वा कोषमध्ये मनासिब माफिकको सम्पत्ति वा. कोष फुकुवा गरी दिन सक्नेछ:-

(क) दैनिक खानपिन, बास तथा स्वास्थ्य उपचारको लागि लाग्ने खर्च,

(ख) प्रचलित कानून बमोजिम लाग्ने कर तथा विद्युत, टेलिफोन, खानेपानी जस्ता दैनिक अत्यावश्यक सेवा उपभोग बापतको महसुल भुक्तानी खर्च,

(ग) सन्तानको शिक्षादीक्षा बापतको खर्च,

(घ) कानूनी प्रतिरक्षा तथा न्यायिक काम कारबाही बापतको खर्च,

(ङ) रोक्का रहेको सम्पत्ति तथा कोषको उचित संरक्षणको लागि लाग्ने खर्च।

(३) उपनियम (२) बमोजिम मनासिब माफिक खर्च प्रदान गर्दा कुनै व्यक्ति ऐनको दफा २९ङ. को उपदफा (१) बमोजिमको सूचीमा रही सम्पत्ति वा कोष रोक्का भएको भए त्यस्तो सम्पत्ति वा कोष फुकुवा गर्नु अघि संयुक्त .राष्ट्र सङ्घको सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।

(४) गृह मन्त्रालयले उपनियम (३) बमोजिम लेखी पठाएकोमा संयुक्त राष्ट्र सङ्घबाट लेखी; आए बमोजिम गर्नु पर्नेछ।

(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (३) बमोजिम गरिएको अनुरोध संयुक्त राष्ट्र सङ्घले प्राप्त गरेको मितिले दश दिनभित्र संयुक्त राष्ट्र सङ्घबाट कुनै जवाफ नआएमा गृह मन्त्रालयले मनासिब माफिकको सम्पत्ति वा कोष फुकुवा गरी दिन सक्नेछ।

(६) गृह मन्त्रालयले यस नियम बमोजिम सम्पत्ति वा कोष फुकुवा गर्दा त्यस्तो सम्पत्ति वा कोष आतङ्ककारी कार्यमा प्रयोग वा आतङ्ककारी कार्यमा वित्तीय लगानी वा अन्य आपराधिक कार्यमा प्रयोग नहुने गरी गर्नु पर्नेछ।